माडी नगरपालिकाले तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने

429
SwadeshPost

माडी नगरपालिकाले जारी आर्थिक बर्षमा तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन अन्तरगत माडी क्षेत्रमा सञ्चालन हुन लागेको सो कार्यक्रममा तरकारी र धानका लागि ३०/३० बिगाहा, बाख्रापालनका लागि १ हजार बाख्रा र माछाका लागि ९ बिगाहा जलाशय क्षेत्रफलको न्यूनतम मापदण्ड तोकिएको छ । सो कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि सहकारी, समूह वा फर्मले आउँदो मंसिर २० गतेभित्र कृषि वा पशुपंक्षी सेवा शाखामा आवेदन गर्न सक्ने नगर कृषि शाखा प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

यसैबिच, कृषि शाखाले साना सिंचाई कार्यक्रम अन्तरगत अनुदानमा २ इञ्चको बोरिङ राख्न इच्छुक कृषि फर्म वा समूहलाई समेत आवेदनको सुचना गरेको छ । जारी आर्थिक बर्षलाई सिंचाई बर्षका रुपमा मनाउने माडी नगरपालिकाको निर्णय अनुरुप शाखाले सिंचाई बोरिङमा लागतको ५० प्रतिशत वा बढीमा २५ हजार रुपैंया अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । यसका लागि मंसिर ८ गतेसम्म आवेदन गर्न समयसीमा तोकिएको छ ।

SwadeshPost