माडीका जोखिम र बहिष्करणमा परेका महिलाहरुलाई राहत सामग्री वितरित

719
SwadeshPost

माडीका बिपन्न, जोखिम र बहिष्करणमा परेका तथा कोभिड १९का कारण अप्ठ्यारोमा रहेका महिलाहरुलाई राहत वितरण गरिएको छ ।

युएन वमेनकाे आयाेजना तथा वमेन एक्ट, ब्लु डाईमन्ड साेसाईटी (नील हिरा समाज) र दलित महिला केन्द्रको सहयाेगमा माडीका सुचिकृत २५० जना महिला र लैंगिक अल्पसंख्यकहरुलाई राहत बाँडिएको हो । प्रतिव्यक्ति एकवटा मोबाइल, डाटा रिचार्जका लागि ५०० रुपैंया, ग्याँस चुल्हो तथा चामल, दाल, नुन तेल लगायतका सामग्रीहरु राहतस्वरुप प्रदान गरिएको वमेन एक्संस्थाकी माडी प्रतिनिधी कोपिला सुनारले जानकारी दिनुभयो ।

SwadeshPost