माडी नयाँपिपरियाका किशोर सक्षम बरालद्वारा मेडिकल ड्रोन बनाई सफल उडान

286
SwadeshPost

प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आउनुएका माडी नयाँपिपरियाका किशोर सक्षम बरालले ड्रोन बनाई सफल उडान गर्नुभएको छ ।

बरालले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने वा क्यामेरा जडान गरी फोटो र भिडियो समेत खिंच्न सकिने ड्रोन तयार गर्नुभएको हो । उहाँले तयार गर्नुभएको ड्रोनको सफल परीक्षण उडान समेत गरिएको छ । माडी नगरप्रमुख ठाकुर ढकाल, प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्ष रामबन्धु पोख्रेल, दिवाकर स्मृति विद्यालयका अध्यक्ष ओवनाथ पाण्डे एवं परिवारजन र सञ्चारकर्मीहरुको उपस्थितिमा बसन्तपुरस्थित दिवाकर रंगशालाको चौरमा ड्रोनको सफल परीक्षण गरिएको हो ।

बरालले यसअघि रिमोटबाट चल्ने हवाईजहाजको नमुना र हाइड्रोलिक प्रविधिबाट जे.सि.बी. डोजरको नमुना निर्माण गरी परीक्षण समेत गर्नुभएको थियो । यसपटक ड्रोन बनाउन बराललाई माडी नगरपालिका र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको आर्थिक एवं प्राविधिक सहयोग रहेको थयो । एस.इ.इ. तहसम्म दिवाकर स्मृति विद्यालयमा अध्ययन गर्नुभएका बराल हाल भरतपुरस्थित अंकरम एकेडेमीमा दश जोड दुई तहमा बिज्ञान बिषय अध्ययन गरिरहनुभएको छ ।

SwadeshPost