आगलागीको घटना बढेसंगै उच्च सतर्कता अपनाउन माडी नगरपालिकाको आग्रह

474
SwadeshPost

पछिल्ला दिनहरुमा आगलागीको घटना बढेसंगै माडी नगरपालिकाले आगलागीबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गर्मीयाम सकिएपनि एकपछि अर्को आगलागीको घटना दोहोरिएको भन्दै नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरबासीहरुमा अनुरोध गरेको हो ।

नगरपालिकाका बिपद् श्रोत व्यक्ति गोविन्द न्यौपानेले आगलागीका अधिकांश घटनामा बच्चाहरु खेल्दा आगो सुरु भएको पाइएकाले सलाइ, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू केटाकेटीहरूबाट टाढा र सुरक्षित स्थानमा राख्न आग्रह अनुरोध गर्नुभयो । त्यसैगरी खर तथा फुसको छानो भएका घरभित्र सतर्कता अपनाएर आगो बाल्न, अधिक हावा चलेको समयमा खुला ठाउँमा आगो नबाल्न, चुरोट तथा बिंडीका बलेका ठुटा जथाभावी नफाल्न, प्रज्वलनशील पदार्थलाई होशियारीका साथ चलाउन, जथाभावी आगो नबाल्न, वनमा आगो नलगाउन र पानीको श्रोतको संरक्षण गर्न पनि उहाँको अनुरोध छ ।

कारणवश आगलागी भइहाले तत्कालै सुरक्षा निकाय र दमकललाई सुचना गर्न नगपालिकाले आग्रह गरेको छ । यसका लागि फायर फाइटर र दमकल (९८६५२४२७२२ र ९८११११२४८६) चौबिसै घण्टा तयारी अवस्थामा रहेको नगरपालिकाको भनाई छ ।

SwadeshPost