माडी नगरपालिका अन्तरगतका सबै कार्यालयहरु खुला रहने समय एक घण्टा कम

344
SwadeshPost

जाडोयाम सुरु भएसंगै माडी नगरपालिका अन्तरगतका सबै कार्यालयहरु खुला रहने समय १ घण्टा घटेको छ । गत कार्तिक १६ गतेदखि कार्यालय समय घटेर साँझ ४ बजे नै बन्द हुने गरेका हुन् ।

यो व्यवस्था नगरपालिकाको कार्यपालिका, वडा र विभागिय कार्यालयहरुमा आउदो माघ १५ गतेसम्म जारी रहने माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जनाउनुभयो । जाडो यामको तीन महिना बाहेक अन्य दिनहरुमा भने कार्यालय समय यथावत रुपमा बिहान १० देखि ५ बजेसम्म नै खुला रहने जनाइएको छ ।

SwadeshPost