माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी

573
SwadeshPost

माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ ।

अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर ढकालले जनाउनुभयो । यसका साथै आउँदो आर्थिक बर्षको पहिलो दिन २०७८ साल साउन १ गतेदेखि बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हाडजोर्नी र नशारोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ एवं जनरल फिजिसियन गरी पाँचवटा विशेषज्ञ सेवा उपलब्ध गराइने नगरप्रमुख ढकालको भनाई छ ।

यसैबिच, माडी नगरपालिकाले स्वास्थ्य वीमा सम्बन्धी कार्यविधी पारित गरी यसबर्ष १ हजार ३०० घरधुरीको स्वास्थ्य वीमा गर्ने भएको छ । नगर क्षेत्रका विपन्न, सुकुम्बासी, अपांग, एकल महिला र अन्य सहयोगापेक्षी नागरिकहरूको नि:शुल्क स्वास्थ्य वीमाका लागि ५० लाख रूपैंया बजेट विनियोजन भएको हो । यस कार्यविधी अनुसार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीह?को अनिवार्य स्वास्थ्य वीमा गरिने जनाइएको छ ।

SwadeshPost