यसबर्ष सोमेश्वर मा. वि. र कृष्णनगर मा. वि.लाई स्कुल बस प्रदान हुने

391
SwadeshPost

माडी नगरपालिकाले यसबर्ष सोमेश्वर माध्यमिक विद्यालय बरुवा र कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरलाई स्कुल बस प्रदान गर्ने भएको छ ।

नगरपालिकाको शिक्षा शाखाको बैठकले जारी आर्थिक बर्षमा पश्चिमी माडीको सोमेश्वर माध्यमिक विद्यालय, माडी-१ बरुवा र पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालय, माडी-९ कृष्णनगर (टम्टा) लाई एक/एक वटा स्कुलबस किन्न अनुदान दिने निर्णय गरेको हो । विद्यालयलाई स्कुल बस प्रदान गर्न ५० लाख रुपैंया बजेट विनियोजन रहेकोमा साझेदारी प्रणाली अन्तरगत दुवै विद्यालयको समेत केहि लागत सहभागिता रहनेगरी स्कुल बस उपलब्ध गराउने निर्णय गरिएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले जनजीवन मा.वि., जनकल्याण मा.वि. र माडी मा.वि.मा एक एक वटा तथा दिवाकर स्मृति विद्यालय रमाइलोृडाँडालाई दुईवटा स्कुल बस उपलब्ध गराइसकेको छ । अनुदानमा स्कुल बस चलाईरहेका विद्यालयहरुले चालक र अन्य खर्च विद्यार्थीहरुबाट न्यूनतम् शुल्क उठाई विद्यालयबाटै व्यवस्थापन गर्दै आएका छन् ।

SwadeshPost