माडी नगरपालिकाले जारी मंसिरभित्रै गत आ.ब.को आयव्यय विवरण सार्वजनिक गर्ने

148
SwadeshPost

चितवन । माडी नगरपालिकाले जारी मंसिर महिनाभित्र गत आर्थिक बर्षको आयव्यय विवरण सार्वजनिक गर्ने भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र अघिल्लो आर्थिक बर्षको आम्दानी र खर्चको विवरण सार्वजनिक गरी जारी आर्थिक बर्ष २०७७/७८ को प्रथम चौमासिकको समीक्षा समेत गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले माडी क्षेत्रभर सञ्चालित अटोहरुको दर्ता गर्ने समेत निर्णय गरेको कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

यता, फड्के र गबारो किराले धानबालीमा क्षती गरेका किसानहरुले तत्कालै राहत वा क्षतीपूर्ति भने नपाउने भएका छन् । क्षतीको उचित छानबिन बाँकी नै रहेकाले किसानहरुलाई राहतको कार्यक्रम निर्णय हुन नसकेको प्रवक्ता सुवेदीले जनाउनुभयो ।

SwadeshPost