माडी न.पा.द्वारा स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित

456
SwadeshPost

माडी नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित गरेको छ ।

कार्यपालिका बैठकले स्वास्थ्य वीमा सञ्चालन कार्यविधी, वीजबृद्धि सञ्चालन कार्यविधी र मौरी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधी पारित गरेको कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो । यसबाहेक पशुपालन प्रवर्धन कार्यविधी छलफलका लागि टेबुल गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

यसबाहेक बैठकले शसस्त्र प्रहरी बलको नयाँ बि.ओ.पी. क्याम्प रहने जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको छ । यस अन्तरगत माडी १ मा रहने बि.ओ.पी.का लागि भंगता रिंगरोडसंग जोडिएको गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रको जमीन, वडा नं. ६को बि.ओ.पी.का स्याउलीबास गाउँनजिक खानेपानीको ट्यांकी रहेको स्थान र माडी ९ मा कान्छी बगहीँमा जमीन उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।

SwadeshPost