चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

813
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । श्रीमतिसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको जनाइएको छ ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । निकुञ्ज प्रशासनले मृतक चेपाङ कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेकाले क्षतीपूर्तीको व्यवस्था नहुने जनाएको छ ।

SwadeshPost