टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा प्रेम प्रसाद भण्डारी

267
SwadeshPost

चितवन । पूर्वी माडीको टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमा प्रेम प्रसाद भण्डारी पुनर्चयन हुनुभएको छ ।

समूहको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सहदेव गुरुङ, प्रेम आचार्य, टिकाराम (ठक्कर प्रसाद) बि.क. र देवी भण्डारी चयन हुनुभएको छ । त्यसैगरी समूहका सदस्यहरुमा एकमाया क्षेत्री, नारायण अधिकारी, माधव पौडेल, बुद्धिबहादुर तामाङ, श्रीमाया हरिजन, लिलाधर भण्डारी, चन्द्र प्रसाद अधिकारी र मञ्जु अधिकारी चुनिनुभएको छ ।

सोमबार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यक्रममा वडाध्यक्ष शिवहरि सुवेदी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक, निकुञ्जका माडी बगहीँ सेक्टर प्रमुख शान्त बहादुर मगर, सेक्टर रक्षक सेनाका पोस्टपति गोविन्द नेपाली, सशस्त्र प्रहरी बल कान्छी बगहीँ बि.ओ.पी. प्रमुख दीपेन्द्र पाण्डे, सोमेश्वर प्रहरी चौकी टम्टाका प्रमुख सई मनोज चौधरी लगायतको आतिथ्य रहेको थियो भने स्थानीय उपभोक्ताहरु सहभागी रहेका थिए ।

SwadeshPost