भगवान विष्णुको पूजा गरी हरिबोधनी एकादशी मनाइँदै, तर छरछरे मेला भने स्थगित

650
SwadeshPost

चितवन । आजसंगै भोलिपनि हरिबोधनी एकादशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने भएकाले तिथीका हिसाबले आजै एकादशी रहेपनि यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज बुधबार मनएका छन् भने वेदमा आधारित भई कर्म गर्नेले भोलि बिहीबार मनाउँदैछन् ।

यस अवसरमा भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाउने गरिन्छ । एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने चलन छ । ब्रतबस्ते ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायतका फलफूल खाने गर्दछन् ।

तर, कोरोना कहरका कारण यसबर्ष माडीको छरछरेधाममा हरिबोधनी एकादशी मेला संचालन हुँदैछैन । कोरोना भाइरसको विश्वव्यापी महामारीका सन्दर्भमा यसबर्ष छरछरे एकादशी मेला सञ्चालन नहुने निर्णय गरिएको माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिनुभयो । मेला नहुने भएपनि छरछरे शिव मन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्न भने श्रद्धालु भक्तजनहरुलाई कुनै रोक नगरिएको पोख्रेलको भनाई छ ।

SwadeshPost