आशिष निर्माण सेवाद्वारा माडीको कालोपत्रे निर्माण कार्य सुचारु, बज्रगुरु भने फर्कनै बाँकी

397
SwadeshPost

चितवन । तिहार र छठ पर्वको बिदा सकेर आशिष निर्माण सेवाका प्राविधिक, कर्मचारी र मजदुरहरुले माडीको कालोपत्रे निर्माण कार्य सुचारु गरेका छन् ।

करीब १० दिनको स्थगनपछि बुधबारबाट कालोपत्रेको काम सुचारु गरेको आशिष निर्माण सेवाले बिहीबार साँझसम्म बरुवा बजारसम्म प्राइम छर्किएर सकेको छ । प्राइम छर्किएका स्थानहरुमा शनिवारबाट कालोपत्रे बिछ्याउने काम थालिने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले तिहारअघि माडीको देबेन्द्रपुर बजारदेखि बसन्तपुरसम्म र सिधुवादेखि नयाँपर्सा चोकसम्म करीब १० किलोमिटर कालोपत्रे पुरा गरेका थिए ।

उता, देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रेको काम गर्नुपर्ने बज्रगुरु कन्स्ट्रक्सनले भने कालोपत्रे निर्माण कार्य सुचारु गरेको छैन । बज्रगुरुका प्राविधिक र मजदुर कर्मचारीहरू समेत तिहारको समयमा घर फर्किएकोमा यो समाचार प्रकाशित हुँदासम्म निर्माणस्थल फर्किएका छैनन् ।

SwadeshPost