नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

479
SwadeshPost

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो ।

होम आइसोलेशनमा बस्नुभएका लामिछानेले ट्वीटमा लेख्नुभएको छ ‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ’, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उहाँले ट्विट गर्नुभएको हो। उहाँको थप लेखाइ छ ‘सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।’

SwadeshPost