अपाङ्ग उत्थान समन्वय समिति माडीको अध्यक्षमा यमबहादुर अधिकारी पुनर्चयन

476
SwadeshPost

माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको अध्यक्षमा यमबहादुर अधिकारी पुनर्चयन हुनुभएको छ ।

समितिको बसन्तपुर बजारमा सम्पन्न दोश्रो अधिवेशनबाट अघिल्लो कार्यकालकै बहुसंख्यक पदाधिकारीहरु दोहोरिने क्रममा अध्यक्षमा अधिकारीको पुनर्चयन भएको हो । समितिको उपाध्यक्षमा भूपराज पाठक, सचिवमा भोजराज अर्याल, सहसचिवमा प्रेम पौडेल र कोषाध्यक्षमा बसुन्धरा लम्साल चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा दण्डपाणी अधिकारी, खिनाकुमारी खड्का, जमुना खनाल आचाय र धनबहादुर गायक चयन हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशनबाट समितिको लेखा समिति संयोजकमा दीपा अधिकारी तथा सदस्यद्वयमा मोहन पोखरेल र पूर्ण बहादुर जि.सी. चयन हुनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा भानुभक्त आचार्य, ध्रुब अधिकारी र हरिकला पौडेल चयन हुनुभएको छ । २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भ पारी माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

SwadeshPost