मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको बरुवामा सवारी दु्र्घटना, फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते

  • A
  • A+
  • A++

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते हुनुभएको छ ।

विज्ञापन १

आज (बिहीबार) साँझ करीब ०६:३० बजेको समयमा माडीको बनकट्टाबाट बरुवा हुँदै सितलपुरतर्फ मोडिँदै गरेको अन टेस्ट (नम्बर नभएको) ट्याक्टरले बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-०१३ नम्बरको मोटरसाइकललाई तिनकुने चोकमा ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार माडी-३, इनारबरुवा निवासी बर्ष ३२ की रिता महतो गम्भीर घाइते हुनुभएको हो भने उहाँका श्रीमानलाई समेत चोट लागेको छ ।

विज्ञापन २

घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत भरतपुर पठाईएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक एवं मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घाइतेको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया