सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए

सो अवसरमा स्वास्थ्यकर्मी गोबिन्द नेपाल र बिष्णुमाया नेपाल सम्मानित

439
SwadeshPost


सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण समेत गरिएको थियो । उनीहरुलाई भरतपुर अस्पतालका जनरल फिजिसियन डा. प्रतिक न्यौपाने, सि.एम.सी.का स्त्रीरोग विशेगषज्ञ डा. वसन्त शर्मा र दीक्षान्त त्रिपाठी, बघौंडा अस्पतालका डा. रञ्जु सिंह तथा माडीको विश्वास फार्मेसीका स्वास्थ्यकर्मी गोविन्द नेपालले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

सहारा युथ क्लबको आयोजना तथा माडी ५ वडा कार्यालय, विश्वास फार्मेसी बसन्तपुर र औषधी व्यवसायी संघ माडी ईकाईको सहयोगमा शिविर सम्पन्न भएको हो । क्लबका बरिष्ठ सल्लाहकार नवीन घिमीरेको अध्यक्षतामा सम्पन्न सो शिविरमा माडीका नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुसंगै विभिन्न संघसंस्था एवं सुरक्षा निकायका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो । सोही कार्यक्रमबिच क्लबले माडीको बसन्तपुरस्थित विश्वास फार्मेसीका सञ्चालकद्वय स्वास्थ्यकर्मी गोबिन्द नेपाल र बिष्णुमाया नेपाललाई स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदानका निम्ति सम्मान समेत गरेको छ ।

SwadeshPost