राजतन्त्र पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन

511
SwadeshPost

संवैधानिक राजतन्त्र पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन भएको छ ।

बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ गाउँदै सयौंको संख्यामा एकत्रित राजावादी युवाहरुले ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राज्य कायम गर’ जस्ता नारा लगाई प्रदर्शन गरेका हुन् । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा जुलुस प्रदर्शन भएको हो ।

भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको जुलुस हाकिमचोक, चौविसकोठी, लायन्सचोक, पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । -यालीमा भरतपुर महानगर र माडी नगरपालिकासंगै चितवनका सबैजसो स्थानीय तह र छिमेकी जिल्ला नवलपुरबाट प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

SwadeshPost