ॐ शान्ति कामधेनु कृषि फर्मको प्रदेशसभा सदस्य रामलाल महतोद्वारा उद्घाटन

फर्ममा हाल व्यवसायिक पशुपालन, तरकारी खेती र फलफूलखेती हुँदै

663
SwadeshPost

माडी-२, सितलपुरमा स्थापित ॐ शान्ति कामधेनु कृषि फर्मको वागमती प्रदेशसभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको छ ।

साँसद महतोले त्यहाँ पालिएको गाई दुहेर फर्मको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा साँसद महतोले पाँच जना कृषकहरुको सामुहिक लगानीमा स्थापित सो कृषि फर्मको सफलताको शुभकामना व्यक्त गर्दै अरुका निम्ति अनुकरणीय काम गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा माडीका अधिकांश वडाध्यक्षहरुसंगै विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।

गतबर्ष मंसिरमा स्थापित सो फर्ममा हाल करीब ६० वटा गाईभैंसी पालिनुका साथै व्यवसायिक बाख्रापालन, तरकारी खेती र फलफूलखेती गरिएको र दुध, दही, क्रिम, घिउ लगायतका दुग्धजन्य परिकारहरुको उत्पादन भइरहेको फर्मका अध्यक्ष राम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost