माडी-२, चितही खोला किनारमा अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते

1.08K
SwadeshPost

माडी-२, चितही खोला किनारमा अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् ।

बरुवा बजार चितही खोला नजिकबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश नं. ३-०३-००१ह ५०८ नम्बरको तीनपाङ्ग्रे अटो तीब्र गतिका कारण बिहान करीब ८ बजे सन्तुलन गुमाई बाटो छेउमा पल्टिएको हो । अटो दुर्घटना हुँदा चालक र अटोमा सवार ३ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि बसन्तपुरस्थित स्वास्थ्य संस्थामा ल्याइएकोमा थप उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटनामा अटो चालक माडी-२ निवासी समुन महतो सामान्य घाइते हुनुभएको तथा यात्रीहरु माडी-१ बरुवा निवासी शंकनाथ तिमिल्सिना, सुमन महतो र बिष्णु प्रसाद कँडेललाई मध्यम अवस्थाको चोट लागेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पछिल्लो समय, माडी क्षेत्रमा कालोपत्रे बाटो बनेसंगै तीब्र गतिका कारण दुर्घटना बढ्दै गएको छ ।

SwadeshPost