माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

494
SwadeshPost

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । देबेन्द्रपुर बजार व्यवस्थापन समिति र औषधी व्यवसायी संघ, माडी इकाई समितिको आयोजना तथा सफल फार्मेसी, देवेन्द्रपुरको व्यवस्थापनमा जगन्नाथपुरी आधारभूत विद्यालयको परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

शिविरमा भरतपुर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अपार पोखरेल, स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. पुष्पा चौधरी र जनरल फिजिसियन डा. नवराज लामिछानेसंगै बघौंडा अस्पतालका मेडिकल अफिसरहरु डा. निकेश कुमार गिरी, डा. सुरज ढकाल र प्यारामेडिक्स सफल गौतमले बिरामीहरुको स्वास्थ्य परीक्षण र उपचार गर्नुहुनेछ । शिविरमा नि:शुल्क औषधी वितरण र सुगर परीक्षण समेत गरिने आयोजकले जनाएको छ । शिविरमा सहभागी भई स्वास्थ्यलाभ गर्न आयोजकले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

SwadeshPost