कोरोना कहरबिच बैकुण्ठे क्षेत्रमा बालाचतुर्दशी पर्वमा सतबीज छर्न नरोकिने

1.05K
SwadeshPost

कोरोनाको कहर जारी नै रहेपनि यसबर्षको बालाचतुर्दशीमा बैकुण्ठे क्षेत्रमा सतबीज छर्ने कार्यक्रम भने नरोकिने भएको छ ।

हरेक बर्ष बालाचतुर्दशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठे क्षेत्रमा सतवीज छर्ने, बैकुण्ठ स्नान गर्ने र मेला भर्ने प्रचलन रहेकोमा यसबर्ष मेला, खेलकुद र साँस्कृतिक कार्यक्रमबाहेक अन्य सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्रसमेत रहेको बैकुण्ठधाममा भीडभाड नहुनेगरी सतबिज छर्न, स्नान गर्न र घुमफिर गर्न सबैलाई स्वागत गरिने वडाध्यक्ष अधिकारीको भनाई छ ।

हरेक बर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचर्तुदशीका अवसरमा बैकुण्ठ क्षेत्रमा मेलाका साथै स्नान र सतबीज छर्न माडीसंगै देशैभरबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् । यसबर्ष बालाचर्तुदर्शी पर्व आउँदो मंसिर २८ गते परेको छ । (फोटो: बैकुणठ ताल l राजु बस्नेत)

SwadeshPost