ट्याक्टर दु्र्घटनामा गम्भीर घाइते महतोको आइ.सि.यु.मा उपचार जारी

477
SwadeshPost

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा गम्भीर घाइते हुनुभएकी बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतोको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा आइ.सि.यु.मा उपचार जारी छ ।

७ घण्टा लगाई उहाँको निधार, नाक, ओठ, मुहारको भागको शल्यक्रिया भएको र भोलि (मंगलबार) करङको भागको शल्यक्रिया हुन लागेको परिवार श्रोतले जनाएको छ । घाइतेको अवस्थामा क्रमिक सुधार आइरहेको अस्पतालको भनाई छ ।

गत विहीबार पूर्वी चितवनमा एक वैवाहिक समारोहमा भाग लिएर माडीको इनारबरुवास्थित घरमा फर्किने क्रममा साँझ करीब ०६:३० बजेको समयमा नम्बर नभएको ट्याक्टरले महतो दम्पत्ती सवार मोटरसाइकललाई बरुवास्थित तिनकुने चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

SwadeshPost