हाल वीरगंजमा कार्यरत माडीका पत्रकार क्रान्ति शाहलाई मातृशोक

841
SwadeshPost

चितवन । हाल वीरगंजमा कार्यरत माडीका पत्रकार क्रान्ति शाहलाई मातृशोक परेको छ । उहाँकी आमा गायत्री देवीको ६२ बर्षको उमेरमा गएराती दुःखद् निधन भएको हो ।

दिवंगत गायत्री देवी सपरिवार माडीको बसन्तपुरमा बस्दै आउनुभएको थियो । उहाँका पति, रघुनाथ शाहले बसन्तपुर बजारमा दशकौंदेखी कपडा पसल सञ्चालन गर्दै व्यवसाय गर्दै आउनुभएको छ । उहाँका सन्तानहरु समेत माडीको बसन्तपुर बजारमै विभिन्न व्यवसायमा आवद्ध रहेका छन् । लामो समयदेखि बाथ र अन्य स्वास्थ्य समस्यामा रहनुभएकी गायत्री देवीको उपचारकै क्रममा निधन भएको हो । मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा स्वदेश परिवारका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।

SwadeshPost