मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

निकुञ्ज प्रशासनले माडीका सबै कार्यपालिका सदस्यहरुको बयान लिँदै

  • A
  • A+
  • A++

मध्यवर्ती क्षेत्रमा नियमबिपरित पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडी नगरपालिकाका कार्यपालिका सदस्यहरु एकपछि अर्काबाट बयान लिइरहेको छ ।

विज्ञापन १

हालसम्म माडी नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरु एवं केहि कार्यपालिका सदस्यहरु निकुञ्जको मुख्यालय कसरा पुगी लिखित बयान दिइसकेका छन् । निकुञ्जले माडी नगरपालिकाको २०७६ भदौ ८ गतेको कार्यपालिका बैठकमा उपस्थित भई हस्ताक्षर गरेका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु एवं कार्यपालिकाका सबै सदस्यहरु एवं तात्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई क्रमशः बोलाइरहेको हो । हाल सरुवा भइसक्नुभएका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले सो प्रकरणमा पहिलो बयान दिनुभएको थियो ।

विज्ञापन २

नगरपालिकाको कार्यपालिकाले आफ्नो पूर्वस्वीकृति वेगर एकीकृत कृषि वन विकास (प्रा.) लि. नामको कम्पनीसंग रुख बुट्यानहरु मास्नेगरी माडी ९, कृष्णनगरमा पोखरी खन्न सम्झौता गरेको निकुञ्जको आरोपपत्रमा उल्लेख गरिएको छ । नगरपालिकाले कार्यपालिका बैठकको निर्णय बमोजिम सो कम्पनीसंग २०७६ कार्तिक २४ गते सार्वजनिक नीजि साझेदारीमा एकीकृत मत्स्यपालन तथा पर्यटन सञ्चालन सम्बन्धी सम्झौता गरेको थियो । सम्झौता लगत्तै कम्पनीले पोखरी खन्न स्काभेटर खटाएकोमा निकुञ्जले चालकसहित स्काभेटर नियन्त्रणमा लिएको थियो भने कम्पनीका अध्यक्षलाई पक्राउ गरी थुनामा राखेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया