सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीकी नगर उप-प्रमुख महतो सुकुम्बासी महिलाहरुसंग भेट छलफलमा

  • A
  • A+
  • A++

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले सुकुम्बासी महिलाहरुसंग भेट छलफल गरिरहनुभएको छ ।

विज्ञापन १

महतो बुधबार माडी-९, राइटोलका बिपन्न सुकुम्बासी महिलाहरुमाझ पुगी उनीहरुको अवस्था र समस्याबारे जानकारी लिनुभएको हो । छलफलमा सहभागी स्थानीय महिलाहरुले बस्तीमा खानेपानीको चरम अभाव रहेकाले त्यसको व्यवस्था मिलाइदिन महतोसंग अनुरोध गरेका थिए । त्यसैगरी सुकुम्बासी बस्तीमा रहेको लैंगिक हिंसा, बालविवाह, कुलत र दुर्व्यसनी लगायतका बिषयमा पनि छलफल गरिएको थियो ।

विज्ञापन २

कार्यक्रममा नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी, नगर महिला समितिकी अध्यक्ष कोपिला सिवाकोटी, नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख उषा आचार्य, वडा सदस्यहरु र साझेदार संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

विज्ञापन ३

अभियान अन्तरगत भोलि (बिहीबार) अन्तिम दिन, अभियानको समीक्षा कार्यक्रम गरी समापन गरिँदैछ । अभियानका क्रममा हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको निःशुल्क स्वास्थ्य वीमा गर्ने कार्य समेत जारी रहेको माडी नगरपालिका महिला समितिकी अध्यक्ष सिवाकोटीले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया