गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते

घाइतेको हाँत भाँचिनुका साथै शरीरका विभिन्न भागहरुमा गम्भीर चोट

708
SwadeshPost

चितवन । गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । माडीको कल्याणपुरबाट सिमरा जाने बाटोमा रहेको रीउको बगरमा काँस काटिरहेका माडी नगरपालिका–३, सिमरा निवासी अन्दाजी ४५ बर्षीय खेदु महतोलाई गैंडाले दिउँसो २ बजेको समयमा आक्रमण गरेको हो ।

आक्रमणबाट महतोको हाँत भाँचिनुका साथै शरीरका विभिन्न भागहरुमा गम्भीर चोट लागेको छ । गैंडाले उहाँको छातीमा टेकेको र हात चपाएको स्थानीयबासीले बताएका छन् । घटनास्थलमा नेपाली सेनाको टोली पुगी घाइतेलाई उपचारका लागि बसन्तपुरस्थित स्वास्थ्य संस्थामा ल्याएकोमा थप उपचारका लागि भरतपुर पठाइएको छ ।

SwadeshPost