सोह्र दिने अभियान समापनको सन्दर्भमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन

450
SwadeshPost

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको सन्दर्भमा माडीको बसन्तपुरमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन गरिएको छ ।

चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना र एक्सन एड नेपालको सहयोगमा समुन्नति परियोजना अन्तरगत सुरक्षित शहर अभियानका युवा स्वयम्सेवकहरु र माडी नगरपालिका महिला समितिका पदाधिकारीहरु एवं कार्यपालिका र वडा सदस्यहरुको सहभागितामा र्‍याली प्रदर्शन गरिएको हो ।

यसैबिच, अभियानको समापनको अवसरमा १६ दिने गतिविधी, कार्यक्रम र उपलब्धीहरुको समीक्षा गरिएको छ । माडी नगरपालिकाको सभाहलमा अभियानबारे समीक्षा गरिएको नगर महिला समितिकी अध्यक्ष कोपिला सिवाकोटीले जानकारी दिनुभयो । यसबर्ष ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइएको हो ।

SwadeshPost