बसन्तपुर युनाइटेड क्लबको अयोजनामा माघ ३ देखि दोश्रो माडी गोल्डकप

554
SwadeshPost

बसन्तपुर युनाइटेड क्लब, माडीको अयोजनामा आउँदो माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

करीब दुई दशकदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील सो क्लबको आयोजनामा माघ ३ गते उद्घाटन भई माघ १० गतेसम्म राष्ट्रियस्तरको दोश्रो गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरा, काठमाडौं, चितवन, पर्सा, मकवानपुर र रुपन्देहीका चर्चित फुटबल टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको मुख्य प्रवर्द्धक माडी नगरपालिका र प्रवर्द्धक चितवन जिल्ला फुटबल संघ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । खेलमा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डले जनही ५-५ हजार हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई रु.७,५०० प्रदान गरिने जनाइएको छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही नगद ३,५००-३,५०० सहित पुरस्कृत गरिने र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ३,००० रुपैयाँ पुरस्कार दिइने आयोजकको भनाई छ ।

SwadeshPost