माडी गोल्डकपमा सहभागिताका लागि खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल

521
SwadeshPost

आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागिताका लागि माडीका फुटबल खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल गठन भएको छ ।

कार्यदलमा स्टार स्पोर्टस् क्लबका अमित लामा, दियो क्लबका गोपाल काफ्ले, गौरीशंकर युवा क्लबका हेम बहादुर राई र आयोजक बसन्तपुर युनाइटेड क्लबका नबिन बस्यालसंगै माडी नगरपालिकाकी खेल प्रशिक्षिका डिलकुमारी नेपाल सदस्य रहुनभएको छ । गोल्डकपमा माडीभरका खेलाडीहरु छनौट गरी माडी-११ फुटबल टिम बनाउने प्रक्रियास्वप खेलाडीहरुको छनौट हुन लागेको हो ।

माडी-११ टीमका लागि छनौट हुन चाहने खेलाडीहरुले आउँदो बिहीबारदेखि शनिवारसम्म बसन्तपुर बजारस्थित आयोजकको कार्यालय वा नजिकका कार्यदल सदस्यलाई सम्पर्क गर्न आयोजक क्लबले अनुरोध गरेको छ । क्लबको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा आउँदो माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७ सञ्चालन हुन लागेको हो ।

SwadeshPost