माडीमा समय सुशासन : निर्धारित समयभन्दा १० मिनेट ढिला भए कार्यक्रम स्थगन वा रद्द

427
SwadeshPost

माडी नगरपालिकाले कुनैपनि कार्यक्रम निर्धारित समयमै सुरु हुन नसके स्थगन वा रद्द गर्ने निर्णय गरको छ ।

नगरपालिकाको ५१ औं कार्यपालिका बैठकले कुनैपनि बैठक वा कार्यक्रम निर्धारित समयमै सुरु हुन नसके १० मिनेटसम्म पर्खिने र १० मिनेटभित्र पनि सुरु नभए स्थगन वा रद्ध गर्ने वा सहभागी नहुने निर्णय गरेको हो । सुशासनको अभ्यासका लागि निर्धारित समयमा गणपुरक संख्या पुगे कसैलाई पनि नपर्खी बैठक चलाइहाल्ने र नपुगे स्थगित गने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले मृगाैला सम्बन्धी रोगबाट पीडीत माडी-४ का वडाध्यक्ष चन्द्रदीप महतोको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै, आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रगति एवं चालू आर्थिक बर्ष २०७७/७८ को प्रथम चौमासिक अवधीको प्रगति प्रतिवेदन पारित गर्ने समेत निर्णय भएको प्रवक्ता सुवेदीले जनाउनुभयो ।

SwadeshPost