माडी (स्थानीय) खबर पोष्ट

फिरन्ते पोके व्यवसायीहरुलाई नियमन गर्न माडीका फेन्सी व्यवसायीहरुको माग

माडीका कपडा तथा फेन्सी व्यवसायीहरुले बिना दर्ता पोके फिरन्ते व्यवसाय गर्नेहरुलाई नियमन गर्न स्थानीय सरकारसंग अनुरोध गरेका छन् ।

माडी कपडा तथा फेन्सी व्यवसायी संघको बैठकले कहिँपनि दर्ता नगरी तथा करको दायरामा नआई खुलेआम रुपमा माडीका गाउँघर र बजारहरुमा पोके फिरन्ते व्यवसाय गर्ने क्रम बढेकाले त्यसलाई कानुनतः नियमन गर्न स्थानीय सरकारसंग अनुरोध गरेको हो । बजारमा विना दर्ताका ब्यवसायीहरुले गाडी वा पोकामा सामान ल्याएर खुल्ला रुपमा विक्रीवितरण गर्दा ब्यवसायीहरु मर्कामा परेको व्यवसायीहरुको भनाई छ ।

त्यसैगरी संघले माडी क्षेत्रभित्र कपडा तथा फेन्सीजन्य चिजहरु बिक्री गर्ने व्यवसायमा रहेको सम्पूर्ण व्यवसायीहरुलाई संघमा आवद्ध हुन पनि अनुरोध गरेको छ । बैठक बसन्तपुर बजारमा संघका अध्यक्ष गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा बसेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार