माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्ठी

757
SwadeshPost

चितवन । माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नं. ९ निवासी ६५ बर्षका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विगत एक सातादेखि निमोनियाँबाट ग्रसित उनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सि.एम.सी.)मा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकलाई नेपाली सेनाको टोलीले देवघाटमा विशेष सावधानीका साथ अन्त्येष्ठी गरेको छ ।

योसंगै चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका ६०, खैरहनी नगरपालिकाका ९, माडीका १, रत्ननगरका १३, राप्तीका ८, कालिका नगरपालिकाका ८ र इच्छाकामना गाउँपालिकाका १ जना रहेका छन् । हाल चितवनमा कुल सङ्क्रमितको सङ्ख्या ६ हजार १६२ पुगेको छ, जसमध्ये माडीका ११७ जना रहेका छन् ।

SwadeshPost