ब्रेकिङ । माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनियो

839
SwadeshPost

चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ ।

माडीको हुलाकी सडकबाट करीब ३ किलोमिटर दक्षिणपट्टी खोलाको सिरानमा सेतो पहिरो भन्ने स्थानमा सुख्खा पहिरो गएको हो । खोलाको किनारमा अग्लो सुख्खा पहिरो गएको घटनास्थलबाट स्थानीयबासी ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो ।

खुला थुनिँदा पानी तालिने क्रम सुरु भएको छ । हाल करीब १० मिटरसम्म पानीको सतह बनेको र ५०० मिटर अगाडिसम्म पानी तालिएको तिमिल्सिनाले जनाउनुभयो । हिउँदयाम भएकाले खोलामा पानीको बहाव कम रहेपनि पानी तालिँदै जाँदा तल्लो तटीय क्षेत्र जोखिममा परेको छ ।

SwadeshPost