माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा निधन

337
SwadeshPost

चितवन । माडी-८ निवासी माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा गएराती निधन भएको छ ।

भण्डारीको शुक्रबार राती १० बजेको समयमा निधन भएको उहाँको परिवार श्रोतले जनाएको हो । दिवंगतलाई आज बिहान ८ बजे पारिवारिक निवासमा श्रद्धाञ्जली अर्पण गरी अन्तिम संस्कार गरिने जनाइएको छ ।

दिवंगत भण्डारी माडीकै बृद्ध नागरिक हुनुका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी नगर कमिटि सदस्य तथा अयोध्यापुरी मध्यबर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष एवं अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारीका अध्यक्ष मथुरा बहादुर भण्डारीका बुवा समेत रहनुभएको छ । दिवंगतप्रति स्वदेश परिवारका तर्फबाट श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।

SwadeshPost