माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रियो, लागत प्रतिकिलोमिटर १ रुपैंया मात्रै

346
SwadeshPost

चितवन । माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रिएको छ ।

माडी-३, बसन्तपुरका एग्रोभेट व्यवसायी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनका निम्ति विद्युतीय गाडी खरिद गर्नुभएको हो । सोमबार एक संक्षिप्त कार्यक्रमबिच माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले माडीमै पहिलो पटक सञ्चालनमा आउन लागेको सो गाडीको चाबी पौडेललाई हस्तान्तरण गर्नुयो ।

चीनबाट दिगो नामको कम्पनीले नेपाल भित्र्याएको विद्युतीय गाडी चितवन ग्रिन मोर्टस् (प्रा.) लि. ले माडीमा बिक्री गरेको हो । एक पटक फुल चार्ज गर्दा १ सय ५० किलोमिटर सम्म चल्न सक्ने सो विद्युतिय गाडीको सञ्चालन लागत प्रतिकिलोमिटर १ रुपैंया मात्रै पर्नजाने ग्रिन मोर्टस्का निर्देशक विशाल पौडेलले दावी गर्नुभयो । कुल लागत २४ लाख ९४ हजार पर्ने सो विद्युतिय गाडीको नविकरण गर्दा प्रतिबर्ष २ सय ५० रुपैंया मात्र खर्च लाग्ने निर्देशक पौडेलले जनाउनुभयो ।

SwadeshPost