नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालद्वारा माडीको भ्रमण

439
SwadeshPost

१२ पुस, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडीको भ्रमण गर्नुभएको छ ।

महानायक हमालका नीजि सचिव दीपेन्द्र महतोको भाइको ससुराली माडीमै रहेकोमा सचिव महतोसंगै उहाँले माडीको यात्रा गर्नुभएको हो । माडी आफूलाई अति मन परेको बताउँदै हमालले आफू करीब १० बर्षको अन्तरालपछि दोश्रोपटक माडी आएको जनाउनुभयो ।

उहाँहरु करीब ३ घण्टा माडीमा रहनुभएको थियो भने माडीको गर्दी र बनकट्टा गाउँ तथा बाँदरमुढे स्मारकको अवलोकन र पैदल घुमफिर समेत गर्नुभएको थियो । हमालले २ सातापछि पुनः माडीको भ्रमण गर्ने र बास बस्ने कार्यक्रम रहेको हमालका नीजि सचिव महतोले स्वदेशलाई जानकारी दिनुभयो ।

SwadeshPost