माडीको कीर्तनपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते

215
SwadeshPost

१२ पुस, चितवन । माडीको कीर्तनपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते भएका छन् ।

देबेन्द्रपुरबाट बसन्तपुरतर्फ आउँदै गरेको बा. २८ प. १४९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री, माडी-७, कीर्तनपुर निवासी अन्दाजी ७१ बर्षका तारा बहादुर कार्की गम्भीर घाइते हुनुभएको हो । घाइतेलाई उपचारका लागि बघौंडा अस्पतालमा पठाईएको माडी प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक, माडी-३, बघौंडा निवासी बर्ष ४५ का मिनिराम महतो र मोटरसाइकलमा सवार माडी-२, जीवनपुर बस्ने बर्ष ५० का हरिप्रसाद महतो समेत सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

SwadeshPost