जनकल्याण मा. वि. को बार्षिकोत्सवका अवसरमा छात्राहरुलाई साइकल वितरित

262
SwadeshPost

जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा जेहन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थीहरु सम्मिलित इ.डि.यु लाइट नामको संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको हो । कार्यक्रममा गत शैक्षिक बर्षको बार्षिक परीक्षामा सर्बाधिक अंक ल्याएका तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर जि.सी.ले प्रगति प्रतिवेदन सुनाउँदै नमुना विद्यालयका रुपमा सो विद्यालयका भावी योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।

SwadeshPost