माडी गोल्ड कपमा सहभागि हुने टिमहरुको नाम सार्वजनिक

186
SwadeshPost

१५ पुस, चितवन । आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागि जनाउने फुटबल टिमको नाम सार्वजनिक गरिएको छ ।

खेलमा काठमाडौं ११ फूटबल क्लब काठमाडौं,बिरगंज युथ एकेडमी बिरगंज,लेखनाथ युनाईटेड पोखरा,अल स्टार तनहुँ,मुन्डियल हेटौंडा ,भरतपुर ,एभरेष्ट क्लब चितवन र माडी ११ माडी नगरपालिका ले सहभागिता जनाउने भएको छ । करीब दुई दशकदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील सो क्लबको आयोजनामा माघ ३ गते उद्घाटन भई माघ १० गतेसम्म राष्ट्रियस्तरको दोश्रो गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य प्रवद्र्धक माडी नगरपालिका र प्रवद्र्धक चितवन जिल्ला फुटबल संघ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । खेलमा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डले जनही ५(५ हजार हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई रु ७,५०० प्रदान गरिने जनाइएको छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही नगद ३,५००(३,५०० सहित पुरस्कृत गरिने र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ३,००० रुपैयाँ पुरस्कार दिइने आयोजकको भनाई छ ।

SwadeshPost