रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी

361
SwadeshPost

माडीको कल्याणपुरस्थित रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फणिन्द्रनाथ दवाडी दोहोरिनुभएको छ ।

सहकारीको दशौं साधारणसभा तथा पाँचौं अधिवशेनबाट दवाडीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खडानन्द अधिकारी, सचिवमा सुर्यकान्त खनाल र कोषाध्यक्षमा प्रेम कुमारी अधिकारी चुनिनुभएको छ ।

त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा पार्वती महतो, टिकाराम तिवारी, मञ्जु पौडेल, केशव धिताल, साबित्री रिमाल, प्रेम बिष्ट र केशव वाग्ले चुनिनुभएको छ । लेखा समितिको संयोजकमा यमनाथ सुवेदी र सदस्यहरुमा खेमानन्द सुवेदी र भीम बहादुर के.सी. चयन हुनुभएको छ ।

फणिन्द्र दवाडीको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका बगहीँ माडी सेक्टर प्रमुख शान्त बहादुर मगर रहनुभएको थियो ।

SwadeshPost