वाइन टु वाटर नेपालद्वारा माडीमा चाैथो खानेपानी परियोजनाको निर्माण सुरु

357
SwadeshPost

१९ पुस, चितवन । माडीको राइटोल, कल्याणपुर र सिमरा गाउँहरुमा शुद्ध खानेपानी पु¥याएको वाइन टु वाटर नेपालले माडी-१, भंगतामा नयाँ खानेपानी परियोजना सुरु गरेको छ ।

करीब ६२ लाखको लगानीमा माडी १, भंगतामा खानेपानी आयोजनाको निर्माण सुरु भएको वाइन टु वाटरका इञ्जिनियर गुणेश्वर महतोले जानकारी दिनुभयो । गत पुस १७ गते सम्झौता भई हाल उपभोक्ता समिति गठन, तालिम सञ्चालन तथा बोलपत्र आह्वान आदिको प्रक्रिया अगाडि बढेको इञ्जिनियर महतोले जनाउनुभयो । परियोजना करीब ६ महिना अर्थात आउँदो असार ३१ गतेसम्म पुरा गर्ने वाइन टु वाटरको लक्ष्य रहेको छ ।

परियोजनाबाट भंगता गाउँमा बसोबास गर्ने ९८ घरधुरी लाभान्वित हुने गरी १ घर १ धाराको अवधारण अनुरुप पानी वितरण गरिने वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । परियोजनामा माडी १ वडा कार्यालयको ५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रहनेछ भने बाँकी ९० प्रतिशत लगानी वाइन टु वाटर नेपालले गर्नेछ ।

SwadeshPost