माडीको बसन्तपुरमा शारीरिक व्यायाम सुबिधा प्रदान जिम हल सञ्चालनमा

1.05K
SwadeshPost

१९ पुस, चितवन । माडीको बसन्तपुरमा शारीरिक तन्दुरुस्तीजन्य व्यायाम सुबिधा प्रदान गर्ने सेवाकेन्द्र (जिम हल) सञ्चालनमा आएको छ ।

स्थानीय युवा निर्मल लामिछानेले माडी जिम हाउस एण्ड फिटनेस सेन्टरको नाउँबाट, कुमारी बैंक रहेको भवनमा व्यायाम सेवाकेन्द्र सञ्चालनमा ल्याउनुभएको हो । जिम हाउसमा जिमको कार्डियो मेसिन, ट्रेडमिल, साइक्लिङ सप्लिमेन्ट मेसिनसंगै मोटोपना घटाउने र बढाउने साधन र सेवा उपलब्ध रहेको सञ्चालक लामिछानेले जनाउनुभयो ।

जिम हाउसमा हरेक दिन बिहान ५ देखि १० बजेसम्म तथा दिउँसो २ बजेदेखि साँझको ८ बजेसम्म सेवा सञ्चालनमा रहने जनाइएको छ । गत जनवरी १ गते औपचारिक उद्घाटन गरिएको माडीकै पहिलो सो जिम हाउसमा स्थानीय युवा र सेवाग्राहीहरु पुग्ने क्रम उच्च रहेको जिम हाउस सञ्चालन पक्षको भनाई छ ।

SwadeshPost