नेकपा अध्यक्ष दाहालकी पत्नीलाई थप उपचारका लागि भारत लगियो

204
SwadeshPost

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ । २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।


सीताको उपचारका लागि छोरी गंगा दाहाल सगैं अध्यक्ष दाहाल पनि मुम्बई गएका छन । उहाको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट, मुम्बईमा हुने बताइएको छ । सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित हूदै आउनु भएको छ । उहाँलाइ गत बुधबार स्वास्थ्यमा थप समस्था देखिएपछि मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । यसअघि उहाँको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

SwadeshPost