माडीमा स्वदेश मिडिया क्लब नामको नयाँ सञ्चारमुलक संस्था स्थापित

370
SwadeshPost

२३ पुस, चितवन । माडीमा स्वदेश मिडिया क्लब नामको नयाँ सञ्चारमुलक संस्था स्थापना भएको छ ।

आमसञ्चार र पत्रकारिताजन्य विभिन्न काम गर्ने उद्देश्यसहित माडीका पत्रकारहरुद्वारा मिडिया क्लब स्थापना गरिएको हो । स्वदेश एफ.एम.की स्टेशन म्यानेजर सरिता महतो (अपेक्षा)को अध्यक्षतामा गठित सो संस्थाको तदर्थ समितिको उपाध्यक्षमा देव अञ्जान शाह, सचिवमा अशोक परियार, सह-सचिवमा प्रेम पौडेल उज्जवल र कोषाध्यक्षमा अनुश्का बि.क. रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा श्रृजा क्षेत्री र सुर्यमान शाह रहनुभएको छ ।

जिल्ला प्रशासान कार्यालय भरतपुरमा दर्ता भएको सो मिडिया क्लबलाई आन्तरिक राजस्व कार्यालय भरतपुरमा समेत दर्ता गरी स्थायी लेखा नम्बर नम्बर लिइएको संस्थाका अध्यक्ष महतोले जनाउनुभयो । संस्थाले माडीसंगै भरतपुर र समग्र चितवन जिल्लाभरी मिडिया सम्बन्धी काम गर्ने तथा सञ्चार संस्था सञ्चालन गर्ने महतोको भनाई छ ।

SwadeshPost