निमार्णाधीन एकता स्तम्भका लागि प्रदेश सरकारबाट २५ लाख विनियोजित

212
SwadeshPost

निमार्णाधीन एकता स्तम्भ निर्माणका लागि वागमती प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ ।

माडी नगरपालिका वडा नं ४ शितलपुरमा निर्माण भइरहेको एकता स्तम्भलाई प्रदेश सरकरले गत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख रुपैंया विनियोजन गरेको थियो भने चालू आर्थिक वर्ष ७७/७८ मा २५ लाख विनियोजन गरेको हो । करिब १ बिगाहा क्षेत्रफलमा रहेको स्तम्भ परिसरमा अब बाटिका निर्माण, प्रतिमा स्थापना र कम्पाउन्डिङको काम पुरा गर्न बाँकी रहेको वडा अध्यक्ष चन्द्रदीप महतोले बताउनुभयो ।

SwadeshPost