आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने

235
SwadeshPost

२६ पुष , चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने भएको छ ।शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नबिन बस्यालले यस बर्षको खेलमा माडीको एक सहित ८ टोली सहभागी हुने जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टोलीले २ लाख उपविजेताले १ लाख साथमा ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्यालले बताउनु भयो । माडी मावि बसन्तपुरको चौरमा माघ ३ गतेदेखि १० गतेसम्म संचालन हुने प्रतियोगिताको मुख्य प्रवद्र्क माडी नगरपालिका र प्रवद्र्क चितवन जिल्ला फुटबल संघ रहेको छ ।

८ दिनसम्म संचालन हुने प्रतियोगितामा चितवन , मकवानपुर, पर्सा, पोखरा, रुपन्देही, तनहुँ ,काठमाण्डौ लगायतका टिमहरुको सहभागिता रहने छ । खेलकुद विकासमा सहकार्य गरी माडी नगरपालिकालाई खेलकुद पर्यटन हबका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, टिमकोचहरुलाई जनही ५,००० का दरले प्रदान गरिने भएको हो । त्यस्तै नवप्रतिभा शालि खेलाडीहरुलाइ ३,५००, सर्वाधिक गोलकर्ताहरुलाइ ७,५०० र हरेक खेलमा घोषित म्यान अफ द म्याचहरुलाइ ३००० प्रदान गरिने जनाइएको छ ।

SwadeshPost