दिगोपन सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनबिच सम्झौता

708
SwadeshPost

२६ पुष, चितवन । दिगोपन सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था माडी नगरपालिका वडा नं. ५ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनबिच शनिबार सम्झौता भएको छ । स-साना जमिनलाई एकीकृत गर्दै सामुहिक तरिकाबाट खेती प्रणाली अगाडी बडाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रम अगाडी बढाइएको सहकारीका व्यवस्थापक सबिता भुषाल भण्डारीले जानकारी दिनुभयो ।

चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधी तयार पारी बेसार खेतीका लागि ढिकुरबारीको १५ बिगााह जमिनलाई छनोट गरी आउदो माघ महिनादेखि संचालन गरिने व्यवस्थापक भण्डारीले बताउनुभयो । साथै सो संस्थाले कृषि शाखा समक्ष उन्नत जातका विउ विजन, संकलन र भण्डारण संरचना, तालिम सिंचाइ सुबिधा, प्याकिङ्ग सामग्री र उत्पादन बजारिकरणमा सहयोग गरिदिन माग गरेको छ ।

उक्त कार्यक्रममा वडा ५ का अध्यक्ष रामबन्धु पोख्रेल, नगर कृषि शाखा प्रमुख किरण पौडेल, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, अधिकृत इन्द्र ढुंगना र माधव पौडेल लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

SwadeshPost