दोश्रो संस्करणको माडी गोल्ड कप शनिबार बाट शुरू हुँदै

229
SwadeshPost

२ माघ, चितवन । माडीकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता माडी गोल्ड कपको दोश्रो संस्करण भोलि शनिबार बाट शुरू हुँदैछ।आयोजक बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालका अनुसार शनिबार दिउँसो २:०० बजे प्रतियोगिताको उदघाटन कार्यक्रम रहेको छ ।

आगामी माघ ८ गते सम्म चल्ने प्रतियोगिताको उदघाटन खेलमा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले उदघाटन गर्ने कार्यक्रम रहेको छ। आगामी माघ ८ गते सम्म चल्ने प्रतियोगीताको उदघाटन खेलमा लेखनाथ युनाइटेड क्लव पोखरा र हनामी एभरेष्ट क्लव चितवन बिच प्रतिस्प्रधा हुनेछ।

प्रतियोगितामा विजयी टिमले रू २ लाख र उपविजेताले रु १ लाख साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन भने विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्यालले बताउनुभयो। प्रतियोगितामा चितवन लगायत विभिन्न जिल्लाका टिमहरूको सहभागीता रहेको छ।

SwadeshPost