‘दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७’मा लेखनाथ युनाइटेड क्लब, पोखराले विजयी सुरुवात

507
SwadeshPost

३ माघ, चितवन । माडीको बसन्तपुरमा सञ्चालित राष्ट्रियस्तरको ‘दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७’मा लेखनाथ युनाइटेड क्लब, पोखराले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथले हनामी एभरेष्ट क्लब, चितवनलाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलमा लेखनाथका रुपक लामा र अमित तामाङले १/१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेखनाथका अमित लामा घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत भोलि (आइतबार) दिउँसो २ बजे माडी-११ र बीरगन्ज युथ क्लबबिच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

उद्घाटन खेल हुनुपूर्प संक्षिप्त उद्घाटन सभा सञ्चालन गरिएको थियो । आयोजक क्लबका उपाध्यक्ष अमृता क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन सभामा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो । खेलमा विशिष्ट अतिथिका रुपमा चितवन जिल्ला फुटबल संघका श्रीकृष्ण कार्की, कलाकारहरु राज के.सी. र सुरेन्द्र के.सी. लगायतको उपस्थिति रहेको थियो ।

माडीकै सर्बाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको सो फुटबल प्रतियोगितामा देशभरका ८ वटा टिमहरु सहभागी रहेका छन् । प्रतियोगितको व्यवस्थापन उत्कृष्ट बनाउन आयोजक क्लबले निकै मिहिनेत गरेको सहभागीहरुले महसुस गरेका थिए । प्रतियोगिता माघ १० गतेसम्म जारी रहनेछ ।

SwadeshPost